कर्णालीका एक सहित कोरोना संक्रमितको संख्या ३७५ पुग्यो

जेठ ६,काठमाडौं ।
हालसम्म कोरोना संक्रमित नदेखिएको कर्णाली प्रदेशमा सोमबार पहिलोपटक एक जनामा संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा संक्रमितको संख्या भने ३७५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कर्णाली प्रदेशका दैलेख, आठबीस नगरपालिकाका ३५ वर्षीय पुरुषमा कोरोना पोजिटिभ पाइएको हो ।

लकडाउनको अवधिमा महेन्द्रनगर हुदै ३५ दिनअघि भारतको आग्राबाट आएका ती व्यक्तिको स्वाबको नमुना सोमबार सुर्खेतमा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको हो ।

कर्णाली प्रदेशमै पहिलो परीक्षण पोजेटिभ देखेपछि पुनः परीक्षणको लागि सोमबारै नेपालगन्ज पठाइएकोमा त्यहाँ पनि पोजेटिभ देखिएको थियो । क्वारेन्टाइनमा रहेका उनलाई उपचारको लागि दैलेख अस्पताल लगिँदै छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार सोमबारसम्म कर्णालीमा २ हजार ७ सय ८९ जनाको पीसीआर परीक्षण गरिएको छ । कर्णालीका १० वटै जिल्लामा करिव ७ सय ७ जना क्वारेन्टिनमा रहेका छन् ।

सोमबरा राति स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नयाँ थपिएका कोरोना संक्रमितमा धनुषाका २ पुरुष, खोटाङ हलेसीका १ पुरुष, बाँके नरैनापुरका १२ पुरुष, दैलेख आठबीसकोटका १ पुरुष, सुनसरीका १ पुरुष र झापाका १ पुरुष रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च