संक्रमितको सम्पर्कमा आएका ३० जनाको स्वाब संकलन

गुल्मी ।
पहिलो पटक ४१ वर्षीय एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएपछि पिसिआर परीक्षणका लागि मदाने गाउँपालिकाका ३० जनाको स्वाब संकलन गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा भवानीप्रसाद शर्माको नेतृत्वमा गुल्मी अस्पतालका डा उत्तम पाच्यसहितकोे टोली मंगलबार गाउँपालिकाअन्तर्गत संक्रमित क्षेत्र पुर्कोट दहमा पुगेर स्वाब संकलन गरेको हो ।

स्वास्थ्यकर्मीको टोलीले पहिलो चरणमा संक्रमितको परिवार र उनीसँग सम्पर्कमा रहेका व्यक्तिको स्वाब निकालेको छ । स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइने तयारी गरिएको डा. शर्माले बताए ।

संक्रमणबाट उत्पन्न हुन सक्ने थप जोखिमलाई ध्यानमा राखी स्थानीय गाउँपालिकाले अर्को सूचना नगर्दासम्मका लागि संक्रमित व्यक्तिको घर, उपचार गराएको स्वास्थ्य क्लिनिक र गाउँपालिकालाई पूर्णरुपमा बन्द गरिएको जनाएको छ ।

गाउँपालिकाले विज्ञप्ति निकालेर पालिकावासीलाई धैर्य रहन र कोरोना भाइरसविरुद्धका सुरक्षा उपाय तथा सतर्कता अपनाउनसमेत आग्रह गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए ।

पुर्कोट दहमा अध्यापनरत एक शिक्षकमा सोमबार कोरोना संक्रमण भएको पुष्टि भएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च