जेठ ८, पाल्पा ।
पाल्पामा कालिगण्डकी नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव फेला परेको छ। रामपुर नगरपालिका –१० सिकोडाँडाका १० वर्षीय सुनिल भट्टराई र सोही उमेरका समिर चापागाईको शव फेला परेको हो।
यहि जेठ ४ गते दिउँसो एक बजे पौडी खेल्नेक्रममा उनीहरू रामपुर नगरपालिका –१० मलौटेस्थित कालिगण्डकीमा बेपत्ता भएका थिए।
खोजी गर्नेक्रममा ४ दिनपछि उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए।
दुवैजनाको शव केलादीस्थित नदी किनारमा फेला परेको उनले बताए।