जेठ ८, बुटवल ।
राम खड्का
रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारत गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छ । आज बिहान ७ बजेर १० मिनेट जाँदा उहाँको मृत्यु भएको प्रदेशको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा उमाशंकर प्रसाद चौधरीले बताउनु भयो ।
गुल्मीको मदाने गाँउपालिका वडा न ६ का ४१ बर्षीय शिक्षकको अस्पतालको आइसीयु कक्षमा भेन्टिलेटरको सहायतमा उपचार भइरहेको थियो ।
जण्डिस र ज्वरो आएपछि उहाँलाइ परिवारले जेठ १ गते अर्घाखाँची हुँदै उपचारकालागि बुटवल ल्याएका थिए । कोरानासंग मिल्दो जुल्दो लक्षण देखिएपछि अस्पतालमै जेठ २ गते उनको स्वाब झिकी परीक्षणकालागि पठाइएको मा ५ गते रिर्पोटमा कोराना पोजेटिभ देखिएको थियो ।
शिक्षकको मृत्यु भएको पुष्टि गर्दै प्रदेशका सामाजिक विकास मन्त्री सुर्दशन बरालले पनि शोक विज्ञप्ती निकाल्नु भएको छ । बिज्ञप्तीमा ती शिक्षकलाइ बचाउन अनेक प्रयास गर्दा पनि नसकीएको भन्दै दुख्य व्यक्त गरीएको छ ।