पाल्पामा क्रियाशील पत्रकारको कोरोना परीक्षण

तानसेन ।
नेपाल पत्रकार महासंघ पाल्पाको आयोजना र स्वास्थ्य कार्यालयको संयोजनमा पाल्पामा क्रियाशील पत्रकारको विहिबार कोरोना परीक्षण गरिएको छ ।

कोभिड –१९ को संक्रमण फैलिँदै गएपछि जिल्लामा क्रियाशिल ३६ जना पत्रकारको आरडिटी परिक्षण गरिएको पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्यालले बताए । उनका अनुसार परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

पहिलो चरणमा तानसेनमा परीक्षण गरिएको र दोस्रो चरणमा रामपुरमा परीक्षण गर्ने तयारी गरिएको महासंघका सचिव किरण कौशलले जानकारी दिए ।

पाल्पामा बिहीबार नै ३९ नेपाली सैनिकको समेत आरडिटी गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च