अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ३ ले किसानहरुलाई धानको बिउ बितरण गरेको छ । किसानहरु लाई शंकर ३१२ नाम धानको बिउ ७५ प्रतिसत छुटमा बितरण गरेको वडा अध्यक्ष हेमनाथ भुसालले जानकारी दिए ।
किसानहरुको माग बमोजिम धानको बिउ उपलब्ध गराएको वडा अध्यक्ष हेमनाथ भुसालले जानकारी दिए । कृषि खेतीमा किसानहरुलाई प्रोत्साहन गर्ने उदेश्यले किषकहरुलाई आवश्यकबिउ बितरण गरिएको हो ।
खेती किसानको यो समयमा कृषिमलको अभाव देखिने भएकाले मलको व्यव्सथापनको लागी पहल गर्न किसानहरुले माग समेत गरेका थिए । मागबमोजिम मलको पनि ब्यवस्थापन गर्ने वडा अध्यक्ष भुसालले प्रतिवद्धता समेत जनाएका छन् ।
आगामी बजेट मार्फत कृषि क्षेत्रमा बिषेस गरि लगानी गर्ने योजना रहेको वडा अध्यक्ष भुसालले बताए। साथै कोरोना भाइरसले गर्दा गाँउ फर्केका युवाहरुलाई प्रोत्साहन गर्न वडामा रहेका बाँझो खेत तथा बारीमा खेति गर्न अनुरोध गरेका छन्।
बाझो रहेको खेतबारीमा खेतिगर्ने किसानलाई बाँझो खन्न समेत बजेट ब्यवस्थापन गर्ने तथा बिउपल समेत निशुल्क उपलब्ध गराउने वडा अध्यक्ष भुसालले बताए ।