पत्रकारकी श्रीमतीलाई पनि कोरोना संक्रमण

वीरगञ्ज ।
बारामा एक जना पत्रकारकी श्रीमतीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । बाराको करैयामाई गाउँपालिका निवासी ३८ वर्षीय पत्रकारकी ३७ वर्षीया श्रीमतीमा पनि कोरोना संक्रमणको पुष्टि भएको हो ।

शनिबार बिहान स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा करैयामाई गाउँपालिकाकी ३७ वर्षीया एक महिलामा कोरोना संक्रमणको पुष्टि भएको उल्लेख छ ।

कोरोनाको संक्रमण पुष्टि भएकी ती महिला यसअघि संक्रमित पत्रकारकी श्रीमती रहेको करैयामाई गाउँपालिकाका जन स्वाथ्य अधिकृत रामनाथ चौधरीले जानकारी दिए ।

यो सँगै बारामा संक्रमितहरुको सँख्या १२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च