कपिलवस्तु ।
कपिलवस्तुमा कोरोना भाइरस संक्रमितको संख्या ७७ पुगेको छ । थपिनेहरुमा बाडगंगा नगरपालिका ८ का वर्ष २५ का पुरुष , वार्ड ३ का वर्ष १९ का पुरुष , वार्ड ११ का वर्ष ४२ का पुरुष, वार्ड ५ का वर्ष ४० का पुरुष, वार्ड १० का वर्ष ३५ का पुरुष र वार्ड ६ का वर्ष २७ की एक जना महिला हुन् ।
त्यस्तै बुद्धभूमि नगरपालिका वार्ड ४ की वर्ष १७ की युवती र वर्ष २२ का युवक पनि संक्रमित भएका छन् ।
थपिएकाहरुमा एक जना पत्रकार र एक जना वडाध्यक्ष पनि परेका छन् । जनप्रतिनिधिलाई समेत कोरोना भएसंगै उनको सम्पर्कमा सबै आशंकाको घेरामा परेका छन् ।
उनीहरुको ट्रेसिङको काम भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै कपिलवस्तुमा संक्रमित हुने पत्रकारको संख्या तीन पुगेको छ । शनिबार संक्रमित हुने २७ वर्षीया महिला पत्रकार हुन् । उनी स्थानीय संचारमाध्यममा काम गर्छिन् ।
संक्रमित पत्रकारमध्ये एक पत्रकार महासंघको कार्यसमितिमा रहेका छन् भने अर्का पत्रकार स्थानिय टेलिभिजनमा कार्यरत छन्। यसअघि शुक्रबार कोरोना भाइरसका ९ जना संक्रमित थपिएका थिए ।