बाँकेको नरैनापुरमा सेना परिचालन

११ जेठ, नेपालगञ्ज ।
कोरोना भाइरस (कोभिड १९) संक्रमित नै भाग्न थालेपछि बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले आईतवार राती राति ८ बजेबाट निषेधित लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले नरैनापुरमा आज राति आठ बजेदेखि अर्को सूचना नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गर्दै सुरक्षा सतर्कताका लागि नेपाली सेना परिचालन गर्ने निर्णय भएको जानकारी दिए।

नरैनापुरमा कुल ११४ जनामा कोरोना संक्रमण देखिएको छ, उनीहरु मध्ये एकको मृत्यु भएको छ । तर पछिल्लो समय संक्रमितलाई अस्पताल ल्याउन खोज्दा स्थानीयले प्रतिवाद गर्न थालेका छन् ।

स्थिति नियन्त्रण बाहिर गएको भन्दै गाउँपालिकाले शनिबार मात्र सेना परिचालन गर्न माग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च