गुजरातबाट अर्घाखाँची फर्कंदै गरेका एक नेपालीको बाटोमै मृत्यु

जेठ ११,अर्घाखाँची ।
भारतको गुजरातबाट अर्घाखाँची फर्कंदै गरेका एक नेपालीको बाटोमै मृत्यु भएको छ ।

जिल्लाको भूमिकास्थान नगरपालिका–९ का ३४ वर्षीय कृष्णबहादुर गैरेको नेपाल आउने क्रममा भारतको लखनउमा मृत्यु भएको वडा नं ९ का अध्यक्ष नारायणप्रसाद बन्जाडेले जानकारी दिए ।

लखनउमा पानी पिएलगत्तै उनको मृत्यु भएको मृतकका साथीहरुले बताएका छन्। मृतक युवाले पानी पिएलगत्तै आफूलाई छटपटी भएको बताएका थिए। उनको स्वाब परीक्षण गराउने तयारी भइरहेको छ ।

दुईवटा बसमा आएका सबैको उद्दार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च