अर्घाखाँचीमा पहिलो पटक कोरोना संक्रमण पुष्टि

बुटवल ।
प्रदेश ५ को पहाडी जिल्ला अर्घाखाँचीमा पहिलोपटक दुई जनामा कोरोना संक्रमण देखिएको छ । अर्घाखाँचीको पाणिनीको क्वारेन्टाइनमा रहेका मध्ये दुईजनामा कोरोना संक्रमण देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले जनाएको छ ।
भारतबाट आएका दुई जनामा कोरोना देखिएको हो । पाणिनी गाउँपालिकाको वडा नंं ८ पालीमा रहेको क्वारेन्टाईनमा रहेका दुई जनामा कोरोना पुष्टि भएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिए ।

यस्तै गुल्मीका दुईजनामा पनि कोरोना पोजेटिभ देखिएको छ । उनीहरु धुर्कोटको क्वारेन्टाइनमा रहेकाहरु भएको प्रयोगशालाले जनाएको छ । यस्तै कपिलवस्तुका दुईजना र रुपन्देहीका एकजनामा पनि कोरोना पोजेटिभ देखिएको छ ।

कपिलवस्तुका दुई जनामध्ये एकजना मायादेवी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका र एकजना कपिलवस्तुकै अस्पतालका बिरामी हुन् । रुपन्देहीका एकजना कोरोना संक्रमित पनि लुम्बिनी प्रादेशिक अस्पतालका विरामी भएको प्रयोगशालाले जनाएको छ । सोमबार थपिएका यी सबै संक्रमित पुरुष हुन् ।

सोमबारको पछिल्लो नतिजासंगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २ सय ९५ जना पुगेको छ । संक्रमितमध्ये प्रदेश ५ का ३३ जना निको भएर घर फर्केका छन् । कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै बाँकेमा, त्यसपछि कपिलवस्तुमा र रुपन्देहीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च