दुई हजार १३४ जना ‘क्वारेन्टाइन’मा

अर्घाखाँची ।
भारत तथा छिमेकी जिल्लाबाट अर्घाखाँची भित्रनेको संख्या दुई हजार १३४ पुगेको छ । रोजगारी तथा अन्य शिलशिलामा भारत गएका नागरिकहरु जिल्ला भित्रिने क्रम बढेको हो ।

छिमेकी जिल्लाहरुमा समेत कोरोना संक्रमितको संख्या बढेपछि छिमेकी जिल्ला बाट समेत जिल्ला भित्रने गरेका छन् ।

मंगलबार मात्र कृष्णनगर र बेलहिया नाका हुँदै ५१२ जना प्रवेश गरेका छन् । उनीहरुलाई पायकपर्ने ‘क्वारेन्टाइन’मा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।

जिल्लामा हालसम्म दुई हजार ३९४ ‘क्वारेन्टाइन बेड’ निर्माण भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च