व्यापार व्यवसाय पूर्ण रूपमा बन्द गर्न उद्योग वाणिज्य संघको आग्रह

गुल्मी ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्लामा एम्बुलेन्स बाहेकका अन्य सेवा बन्द हुने भएका छन् । सम्भावित जोखिमबाट बच्न उद्योग वाणिज्य संघ गुल्मीले व्यापार व्यवसायी र अत्यावश्यक सवारी साधन बाहेक अन्य साधन बन्द गर्न आग्रह गरेको हो ।

एम्बुलेन्स बाहेक जिल्लामा व्यापार व्यवसाय तथा सवारी साधन पूर्ण रूपमा बन्द जिल्लावासीलाई संघले आग्रह गरेको छ । संघले जेठ १४ गते बुधबार राति १२ बजेदेखि जेठ २० गते सम्म पूर्ण रूपमा बन्द गर्न सबैलाई अनुरोध गरेको संघका महासचिव ताराप्रसाद भुसालले जानकारी दिए ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारले तोकेको लकडाउन अबधीमा व्यापार व्यवसाय तथा सवारी साधन पूर्ण रूपमा बन्द गर्न आग्रह गरिएको संघका अध्यक्ष श्रीप्रसाद भलामीले बताए ।

उनले एम्बुलेन्स बाहेक व्यापार व्यवसाय तथा सम्पूर्ण सवारी साधनहरु बन्द गरेर सहयोग गरिदिन व्यवसायीहरुलाई आग्रह गरे । भारतबाट जिल्लामा प्रवेश गर्नेहरुको सङख्या बढ्रदै जाँदा जोखिम पनि बढ्दै गएको हो ।

जिल्लामा चार जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित मध्ये एक जना शिक्षकको मृत्यु भै–सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च