काठमाडौँ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ५ सय ८० र आरडिटी विधिबाट २ हजार ३ सय २० वटा परीक्षण भएको जनाएको छ।
मन्त्रालयको नियमित व्रिफिङका क्रममा बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म पीसीआरबाट कुल ५८ हजार २ सय ७७ र आरडीटीबाट १ लाख २ सय ८७ वटा परीक्षण भएको जानकारी दिए।
डा.देवकोटाका अनुसार हाल देशभर ७० हजार ३ सय ५ जना क्वारेन्टिनमा रहेका छन्। डा.देवकोटाका अनुसार हाल आइसोलेसनमा ६९९ जना रहेका छन्।