नवलपुरका दुई जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ।
गण्डकी प्रदेशको नवलपुरका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा देवचुली न.पा १५ र ११ नवलपुर बस्ने २१ र १९ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यी दुई गत जेष्ठ ९ र १२ गते भारतबाट आई देवचुली न.पा. को क्वारेनटाईनमा रहेका छन् ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च