नेपालमा कोरोना संक्रमितको संख्या एक हजार २१२ पुग्यो

जेठ १६,काठमाडौं ।
नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या एक हजार २१२ पुगेको छ । पछिल्लो २४ घन्टामा १७० जना नयाँ संक्रमित थपिएका हुन् ।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १७० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, सर्लाहीका ५, म्याग्दीका १, बाँकेका १०, कपिलवस्तुका ५१, नवलपरासीका २, रौतहटका ५६, रुपन्देहीका १ र दाङमा २ जना गरी कुल १७० जना संक्रमित थपिएका हुन्।

उनीहरु मध्य १६५ जना पुरुष र ५ जना महिला छन्।

२ सय ६ जना निको भएर घर फर्किएको डा. देवकोटाले जानकारी दिए । एक हजार जना आइसालेसनमा रहेका छन् ।

अहिलेसम्म पिसिआर प्रविधिबाट ६४ हजार १५४ जना, आरडिटीबाट १ लाख ५ हजार ४७८ जनाको परीक्षण गरिएको छ । क्वारेन्टिनमा ९९ हजार ३३६ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च