जेठ १६,अर्घाखाँची ।
भूमिकास्थान नगरपालिका अर्घाखाँचीले स्वदेश तथा विदेशमा रहनु भएका नगरवासीहरुलाई १५ दिनका लागि जो जहाँ छ त्यही रहन आग्रह गरेको छ । जेठ १७ गते शनिवार देखि १५ दिन सम्म आफु रहेकै र बस्दै आएको स्थानमा रहन नगरपालिकाले आग्रह गरेको हो ।
नगरपालिकाका १० वटै वडामा व्यवस्थापन गरिएका क्वारेनटाईन स्थलहरु भरिएको र अन्यन्त्र व्यवस्थापन गर्न ग्राहो पर्ने भएपछि १५दिन सम्म भारत तथा अन्य जिल्लाहरुबाट नगरभित्र प्रवेश गर्नमा रोक लागाइएको हो । नगरपालिकाको प्रकोप व्यवस्थापन समितिको शुक्रवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
नगरपालिकाले निर्माण गरेको क्वारेनटाईनहरुमा अहिले स्वदेश तथा विदेशबाट आएका १०९६ जना नगरवासीहरु क्वारेंटाइनमा रहेका छन् । अहिले क्वारेनटाईनहरु पूर्ण रुपमा भरिएका छन् । नयाँ आउने नगरवासीहरुलाई व्यवस्थापन गर्न समस्या हुने भएपछी नगरपालिकाले यस्तो निर्णय गरेको हो ।
१५ दिन पछी अहिले बस्दै आएकाहरुको परिक्षण गरी घर फर्किएपछि क्वारेनटाईनहरु खाली हुने र नब आगन्तुक नगरबासी लाई क्वारेंनटाइनमा व्यवस्थापन गर्न समस्या नहुने हुदा देश भित्र र विदेशबाट आऊने नागरिकलाई नगरपालिकाले १५ दिन सम्म यथा स्थानमा रहन आग्रह गरेको हो ।
नगरपालिकाको प्रकोप व्यवस्थापन समितिका अध्यक्ष एबम वार्ड अध्यक्ष तथा नगरकार्यपालिका सदस्य नारायण प्रसाद खनालको अध्यक्षतामा संपन उक्त बैठकमा नगर प्रमुख रेशम थापा, नगर उपप्रमुख खड़ानन्द बेल्बासे, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारी, १० वटै वडाका अध्यक्षहरु र नगरपालिकाका कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो । पत्रकार गणेश खनालको फेसबुकबाट ।