दाङ ।
चट्याङमा परि रोल्पामा शुक्रबार दुई महिलाको मृत्यु भएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका ७ गैरीगाउँको गुठिमधारामा दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । चट्याङ लागेर ७५ वर्षीया खिर्मा वाँठा र २१ वर्षीय आशा बुढामगरको मृत्यु भएको हो । चट्याङले दुवैजना बेहोस भएका थिए ।
चट्याङ लागेपछि बेहोस भएका दुबैलाई उपचारका लागि रोल्पा अस्पताल रेउघा ल्याइएको थियो । अस्पताल पुर्याउन नपाउँदै उनीहरुको मृत्यु भइसकेको अस्पतालकी प्रमुख डा धनमाया घर्तीमगरले जनाइन् ।