कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ७० हजार नाघ्यो

काठमाडौं ।
विश्वमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३ लाख ७० हजार नाघेको छ । ६१ लाख ४९ हजार संक्रमित मध्ये लाख २७ लाख २९ हजार उपचार पछि निको भएका छन् ।

सक्रमित मध्ये ५३ हजार ४ सय बढीको अबस्था गंभीर छ । पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५ हजार ५ नाघेको छ । संक्रमितको संख्या १८ लाख १६ हजार बढी छ । बेलायतमा २ लाख ७२ हजार संक्रमित मध्ये ३८ हजारको मृत्यु भएको छ ।

इटालीमा २ लाख ३२ हजार संक्रमित र ३३ हजार बढीको मृत्यु भएको छ ।फ्रान्समा १ लाख ८८ हजार बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार ७ सय नाघेको छ ।

यस्तै स्पेनमा २ लाख ८६ हजार बढी कोरोना संक्रमित मध्ये २७ हजार १ सय बढीको मृत्यु भएको छ ।
ब्राजिलमा ४ लाख ९८ हजार बढी संक्रमित हुंदा करिब २८ हजार ८ सय बढीको मृत्यु भएको छ ।

उता जर्मनीमा १ लाख ८३ हजार बढी संक्रमित र ८ हजार ६ सयको मृत्यु भएको छ ।चीनमा ८२ हजार ९ सय ९९ जना कोरोना संक्रमित हुंदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३४ छ ।

रसियामा ३ लाख ९६ हजार बढी संक्रमितमा मृत्यु हुनेको संख्या ४ हजार ५ सय नाघेको छ ।यसैगरी भारतमा कोरोना संक्रमितको संख्या १ लाख ८१ हजार नाघ्दा ५ हजार १ सय बढीको मृत्यु भएको छ ।पाकिस्तानमा हालसम्म ६६ हजार ४ सय बढी संक्रमितमा करिब १ हजार चार सयको मृत्यु भएको छ ।(एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च