सिमा विवादबारे भारत वार्ता गर्न तयार, मोदीले आजै प्रधानमन्त्री ओलीसँग कुरा गर्ने

१८ जेठ,काठमाडौं ।
भारत नेपालसँगको सिमा विवाद समाधान गर्नको लागि वार्ता गर्न तत्पर भएको छ । नेपालले अद्यावधिक गरिएको नक्सालाई संविधानको अंग बनाउनेगरि आजै संविधान संशोधन प्रस्ताव दर्ता गरिसकेको छ । आजको बैठकमा नै उक्त प्रस्ताव कार्यसुचिको रुपमा प्रस्तुत हुँदैछ ।

उता, भारतले भने नेपालसँगको सिमा विवाद आपसी छलफल, वार्ता र कुटनीतिक पहलमार्फत समाधान गर्ने तयारीलाई तिव्रता दिएको छ ।

उच्च स्रोतले दिएको जानकारीअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विरोध नगर्न त्यहाँका मिडियालाई आग्रहसमेत गरेका छन् । नेपालले लिपुलेक, लिम्पयाधुरा र कालापानी समावेश गरेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि भारतीय मिडिया नेपालको विरुद्धमा अफवाह फैलाउनेगरि प्रस्तुत भैरहेका छन् ।

उनीहरुले नेपालले चीनको उक्साहटमा लागेर नयाँ नक्सा जारी गरेको पनि दाबी गरेका छन् । भारतीय मिडियाले नेपाललाई जोडेर गरेका प्रस्तुतिले दुई देशबीचको समस्या समाधानको लागि भन्दापनि समस्यातर्फ धकेल्ने मोदीको बुझाई छ । सोहीअनुसार उनले मिडियालाई नेपालविरोधी प्रचार नगर्न आग्रह गरेको बुझिएको छ ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेपाल मामिलाका जानकारहरु अशोक मेहता र विजय जोलीले भारत वार्ताको लागि तयार रहेको बताईसकेका छन् । सिमा विवाद समाधानको लागि भारतले नेपालसँग आज र भोलिभित्रै वार्ता अघि बढाउने तयारी गरिरहेको छ । नेपाल र भारतबीच सचिवस्तरीय, मन्त्रीस्तरीय र प्रधानमन्त्रीस्तरीय जुनसुकै स्तरमा पनि आज र भोलिमै कुराकानी हुने उच्च स्रोतको दाबी छ । भारतीय प्रधानमन्त्री मोदीले हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजैपनि फोन गर्नसक्ने सम्भावना रहेको स्रोतको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च