बिक्रीका लागि ल्याएको तरकारी प्रहरीद्धारा नष्ट

जेठ १८,अर्घाखाँची।
अर्घाखाँचीको सन्धिखर्कमा एक व्यापारीले बिक्रीका लागि ल्याएको तरकारी प्रहरीले नष्ट गरेको छ ।

कपिलवस्तु बुद्धभुमी नगरपालिकाबाट बिक्रीको लागि ल्याइएको ५ क्वीन्टल हरियो तरकारीहरु नष्ट गरिएको हो ।

कपिलबस्तुमा उच्च कोरोना संक्रमित संख्या भएकाले र हरियो तरकारीमा पनि कोरोना संक्रमण हुन सक्ने बभ्दै तरकारी नष्ट गरिएको हो ।

यस अघि नै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले तरकारीमा रोक लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च