जेठ १९, गुल्मी ।
गुल्मीमा एक जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । तम्घासमा बनाइएको आइसोलेसन वार्डमा एक सातादेखि भर्ना भएका उनी निको भएका हुन् ।
गुल्मीको मदाने गाउँपालिकास्थित बैंकमा कार्यरत ३१ वर्षीय एक पुरुष कोरोना निको भएर सोमबार डिस्चार्ज भएका छन् ।
पछिल्लो दुई वटा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका प्रमुख भवानी शर्माले बताए ।
कोरोना संक्रमणबाट मृत्यु भएका मदाने गाउँपालिका –६ का ४१ वर्षीय शिक्षकको कन्ट्याक ट्रेसिङका आधारमा दाङको तुल्सीपुर नगरपालिका घर भई मदाने गाउँपालिकास्थित बैंकमा कार्यरत उनको पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।
गुल्मीमा अझै २ जना कोरोना संक्रमित उपचाररत छन् ।