काठमाडौं ।
स्वास्थ्य मन्त्रालयले नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएको छ।
यो सहित नेपालमा सोमबार एकैदिन २३९ जनामा संक्रमण पुष्टि भएको छ। यसअघि सोमबार नै २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको थियो।
यो सहित नेपालमा संक्रमितको संख्या १८११ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको पछिल्लो विवरण अनुसार नवलपरासी, पाल्पा, कपिलवस्तु, रुपन्देही र गुल्मीमा थप १३ जनामा संक्रमण देखिएको हो।