जेठ २१,काठमाडौं ।
राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै संविधान संशोधन विधेयक दर्ता गरेको छ ।
जनमोर्चाकी सांसद दुर्गा पौडेलले बुधबार गैरसरकारी विधेयकका रूपमा संविधान संशोधन विधेयक दर्ता गरेकी हुन् । योसँगै संविधान संशोधनको चौथो विधेयक संसदमा दर्ता भएको हो ।
सरकारले अद्यावधिक नेपालको नक्शाअनुसार निशान छाप सच्याउन संविधान संशोधन विधेयक दर्ता राएसँगै अरु विधेयकहरु पनि दर्ता गर्न थालिएको हो ।
सरकारले विधेयक दर्ता गराएपछि समाजवादी र राजपाले पनि आफ्ना माग सम्बोधन गर्न माग गर्दै संविधान संशोधनको गैरसरकारी विधेयक दर्ता गराएका थिए ।
यसैगरी कांग्रेसका ८ जना सांसदले मंगलबार संविधान संशोधन विधेयक दर्ता गराएका थिए ।
मुलुकको विकास नहुनुको प्रमुख कारक संघीयता रहेको भन्दै जनमोर्चाले संविधानमा रहेको संघीयताको व्यवस्था हटाउनुपर्ने विधेयकमा उल्लेख गरेको छ ।