दाङ ।
दाङमा भारतीय नम्बर प्लेटको ट्रक दुर्घटना हुदा चालकको घटना स्थलमै मृत्यु भएको छ।
घोराही बाट लमही आउदै गरेको नम्बर नखुलेको ट्रक घोराही उपमहानगरपालिका वडा नं. ३ मुसोटमा दुर्घटना हुदा ट्रकका चालकको घटना स्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रज्ज्वल थपलियाले बताए।
‘माथि घुम्तिबाट ट्रक तल मोसोट खोलामा खसेको छ । एक जनाको शव भेटिएको छ’उनले भने–‘हामी घटना स्थलमा पुगेका छौं। मृतकको पहिचान हुन सकेको छैन् ।’
ट्रकले मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना भएको बताइएपनि मोटरसाइकलमा सवार र घाइते सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।