काठमाडौं ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ भने १० जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीबार सार्वजनिक गरेको विवरण अनुसार मोरङका २, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सुनसरीका १, सप्तरीका १३, बाराका १२, सिन्धुलीका १, रौतहटका ६५, म्याग्दीका १,बागलुङका १०,पर्वतका ४, स्याङजाका १, डोटीका ३, बाँकेका ४२, कपिलवस्तुका २९, दाङका १५, मुगुका १, दैलेखका ११३, खोटाङका ३, धनुषाका ६, महोत्तरीका ३, सर्लाहीका ३ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या २६३४ पुगेको छ।
बिहीबार भएका संक्रमितहरु ३१९ जना पुरुष र १५ जना महिला छन्। यस्तै संक्रमित जिल्लाको संख्या ६५ पुगेको छ। साथै देशभर संक्रमित भएकाहरु मध्य २४५० पुरुष छन् भने १८४ महिला छन्।
यस्तै बिहीबार मात्रै १२ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् भने २९० जना कोरोना संक्रमणमुक्त भएका छन्।
यसका साथै प्रदेश-1 मा १ सय ९७ जना कोरोना संक्रमित छन् भने ४८ जना निको भएर घर फर्किएका छन्।
यस्तै प्रदेश-२मा ९ सय ६३ जना कोरोना संक्रमित छन् भने १ सय १९ जना निको भएका छन्। एकजनाले ज्यान गुमाएको छ।
त्यसैगरी बागमती प्रदेशमा ५९ जना कोरोना संक्रमित, ३२ जना संक्रमणमुक्त छन् भने तीनजनाले ज्यान गुमाएका छन्।
त्यसैगरी गण्डकी प्रदेशमा ५३ जना कोरोना संक्रमित पुगेको छ भने ३ जना संक्रमणमुक्त भएका छन्।
यस्तै प्रदेश- ५मा कोरोना संक्रमतिको संख्या ८ सय ९८ पुगेको छ भने चारजनाको मृत्यु भएको छ। यस्तै ७९ जना कोरोना संक्रमणमुक्त भएका छन्।
यस्तै कर्णाली प्रदेशमा ३ सय ८३ जना कोरोना संक्रमित भएका छन् भने एकजनाको मृत्यु भएको छ। साथै २ जना कोरोना भाइरसलाई जितेर घर फर्किएका छन्।
त्यस्तै सुदूर पश्चिम प्रदेशमा ८१ जना कोरोना संक्रमित भएका छन् भने ७ जना कोरोनाबाट मुक्त भएका छन्। साथै एकजनाले कोरोनाबाट ज्याकोन गुमाएको छ।
कोरोना संक्रमण दिनानुदिन बढ्दै गएपछि सरकारले स्वास्थ्य संकटकालको घोषणा गर्ने तयारी गरेको छ। स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सकटकालको सिफारिस प्रस्ता मन्त्रीपरिषद्लाई पठाएको छ।