आईसोलेसनमा उपचारको क्रममा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

जेठ २२,पाल्पा ।
युनाईटेड मिसन अस्पताल तानसेनको आईसोलेसनमा उपचारको क्रममा मंगलबार मृत्यु भएका एक पुरुषको कोरोना संक्रमण बाट मृत्यु भएको पुष्टि भएको छ ।

भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पिसिआर परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएपछि उनको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको हो । उनको तीन दिन अघि मंगलबार आईसोलेसमा उपचारको क्रममा मृत्यु भएको थियो ।

पूर्वखोला गाउँपालिका १ सिलुवा घर भई वडा २ जल्पाको शम्भु माविको क्वारेन्टाइनमा बस्दै आएका उनको स्वास्थ्य अवस्था विग्रदै गएपछि सोमवार मिसन अस्पतालको आईसोलेसनमा भर्ना गरिएको थियो । भारतको मुम्वईबाट आएका उनको विहिबार रिपोर्ट पोजेटिभ आएको भैरहवा जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ । यसअघि कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक र दोलखाको एक जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च