बुटवल ।
रुपन्देहीका व्यबसायिक संस्थाका प्रतिनीधिहरुको टोलीले बुटवलमा बजार अनुगमन गरेको छ । व्यबसायिक संस्थाहरु र स्थानीय तहसंग भएको सहमति बिपरित निर्धारित भन्दा अन्य समयमा पनि पसलहरु खोलिएको गुनासो आएपछि व्यबसायिक संस्थाका प्रतिनीधिहरुले बुटवलमा बजार अनुगमन गरेको हो ।
हालै बुटवल उपमहानगरपालिका लगायतका स्थानीय तह र व्यबसायिक संस्थाहरु बिच भएको बैठकमा बिहान १० देखि ३ बजेसम्म पसल खोल्ने सहमति भएको थियो । व्यबसायिक संस्थाका प्रतिनीधिहरुको टोलीले बुटवलको अमरपथ, संगमपथ, राममन्दिर लगायतका स्थानमा बजार अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा कतिपयले सहमति बिपरित हुनेगरी बिहानैदेखि पसल खोलेको पाईएको र उनीहरुलाई सहमति अनुसार १० देखि ३ बजे मात्रै पसल खोल्न सुझाव दिईएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले जानकारी दिनुभयो ।
कोरोना भाईरस कोभिड १९ को संक्रमण फैलिन नदिनका लागि सरकारले गत चैत ११ गतेदेखि मुलुकमा लकडाउन गरेपछि ठप्प भएको बजार जिल्लाका व्यबसायिक संस्थाहरु र बुटवल उपमहानगरपालिका लगायतका स्थानीय तहहरुसंग सहमति भएपछि यहि हप्तादेखि बुटवलमा पसल खुल्न थालेको हो ।