तिलोत्तमा मैनहवामा पाँच जनाको सामूहिक हत्या

जेठ २७ , बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ । गएराति सुर्खेतका एक जना व्यक्तिले स्थानीय रामबहादुर पुनको गाई फार्ममा कार्यरत ५ जनालाई हत्या गरेका हुन् । हत्या हुनेहरुमा चार पुरुष र एक महिला छन् । उनीहरु सबै स्थानीय हुन् ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार घटनामा ज्यान गुमाउनेमा सैनामैना मुर्गियाका ४१ वर्षिय माधव मुसहर, ३७ वर्षीय जानकी मुसहर, १४ वर्षीय पोषराज मुसहर, १७ वर्षीय करण चौधरी र आशिष चौधरी हुन् । करण र आशिष फार्मका कामदार होइनन् ।उनीहरु के कारणले त्यहाँ गए भन्ने खुल्न सकेको छैन ।

घटनापछि भुसको गोदाममा लुकेको अवस्थामा स्थानीयले एक जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । यसरी नियन्त्रणमा पुगेका सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिंजालीले फरुवा प्रहार गरेर हत्या गरेको स्वीकारेको प्रहरीको दाबी छ । घटनाको थप अनुसन्धान जारी छ ।

घटनास्थललाई अहिले प्रहरीले शिल गरेको छ । अनुसन्धानका लागि प्रदेश नं. ५ प्रहरी कार्यालयले पनि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजकुमार वैदवारको नेतृत्वमा टोली पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च