जेठ २७, चितवन ।
चितवनको भरतपुर अस्पतालमा एकजना कोरोना संक्रमितको मुत्यु भएको छ। भरतपुर महानगरपालिका–११ का ६८ वर्षीय पुरुषको मंगलबार विहान मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।
ती पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो। यसअघि नारायणी सामुदायिक अस्पतालको आइसियुमा उपचार गराइरहेका ती पुरुषको कोरोनो पुष्टि भएपछि सोमबार साँझ भरतपुर अस्पतालको आइसियुमा सारिएको थियो ।
उनमा मुट र निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। उनको ट्राभल हिस्ट्री भने अहिलेसम्म खुलाइएको छैन।