दाङ ।
दाङमा कोरोना संक्रमितको संख्या ८६ पुगेको छ। मंगलबार थप ६ जनामा कोरोना पुष्टी भएसंगै संक्रमितको संख्या ८६ पुगेको हो।
मंगलबार घोराही उपमहानगरपालिका ४ सवारीकोट स्थित आधारभूत विद्यालयको क्वारेन्टाईनमा बसेका ९० जना मध्य ६ जनामा कोरोना पोजेटिभ देखिएको हो।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा २१, २३, २६, ३६, ३७ र ३२ बर्षका पुरुषहरुमा कोरोनाको संक्रमण देखिएको हो । उनिहरु भारतको मुम्बै, गोरखपुर र दिल्लीबाट आई क्वारेन्टाईनमा बसेका थिए।
उनिहरुलाई नारायणपुर फनपार्कको आईसोलेशनमा लग्ने तयारी भएको घोराही उपमहानगर जनस्वास्थ्य शाखाले जनाएको छ । यो सँगै घोराही उपमहानगरले बनाएका क्वारेन्टाईनमा बसेका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नम्बर ३ का एक जना कोरोना मुक्त भएर घर फर्किएका छन् ।
घोराहीका वडा नम्बर १, २, ३, ४, ५, ९, १०, १७, १८ र १९ वडामा भारतबाट आएकाहरुमा कोरोना पोजेटिभ देखिएको हो । यसैविच घोराही १८ का एक जनाको भारतमा मृत्युभएको र शबलाई घोराही ल्याई स्वाब परिक्षण गर्दा कोरोना देखिएको छ भने अर्का घोराही ९ का एक जना काठमडौ रहेका व्यक्तिमा कोरोना देखिएको छ।
घोराही उपमहानगरले अहिले सम्म १ हजार ६ सय २१ जनाको स्वाब संकलन गरेको छ भने एक हजार १० जनाको परिक्षण नतिजा आउन बाँकी छ। त्यसैगरी, ५ सय ३८ जनाको आरडिटी गरिएको र ६ जनामा पोजेटिभ देखिएको स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद घर्तीले जानकारी दिए।