स्थानीय तह र संघ–संस्थालाई स्वास्थ्य सामग्री वितरण

गुल्मी ।
गुल्मी जिल्लाका स्थानीय तह र अन्य संघ–संस्थालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । पूर्वमन्त्री एवं गुल्मी निर्वाचन क्षेत्र नं २ का सांसद गोर्कण विष्टको पहलमा गृह जिल्लामा ल्याईएका स्वास्थ्य सामग्री मंगलबार स्थानीय तह तथा अन्य संघ–संस्थालाई वितरण गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जानकारी दिएको छ ।

पूर्वमन्त्री विष्टको पहलमा कटन माक्स १ हजार ५ सय पिस, एमडब्लु माक्स ५ हजार पिस, पञ्जा ५ हजार जोडी, के.एन ९५ माक्स १ सय ५० पिस, थर्मल गन ७२ पिस, पिपिई ३५ सेट, स्यानिटाइजर ५ सय एम।एलका १४ पिस, स्यानिटाइजर स्ट्याण्ड १४ थान वितरण गरिएको थियो ।

संक्रमण वृद्धि भइरहेको समयमा आफु जिल्ला आउन सक्ने स्थिति नभएपनि विष्टले आम नागरिकको स्वास्थ्य अवस्था र यो विपद्को विषयमा चासो लिने र काठमाडौंबाट सहयोग गर्ने काम गरिरहेको बताईएको छ ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले पूर्वमन्त्री विष्टले पठाएका स्वास्थ्य सामग्री जिल्लाका सबै स्थानीय तह, स्वास्थ्य कार्यालय गुल्मी, जिल्ला अस्पताल, नेपाल पत्रकार महासंघ गुल्मी लगायतलाई हस्तान्तरण गरेका थिए । स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले जनप्रतिनिधिहरुको सहयोग र सद्भाव आफुहरुले यो समयमा पाइराखेको बताए ।

प्रजिअ शर्माले कोरोना भाईरस (कोभिड–१९) को विपत्तिको समयमा पटक–पटक स्वास्थ्य सामग्री पठाएर ठूलो सहयोग पुर्‍याएको भन्दै पूर्वमन्त्री विष्टलाई धन्यवाद समेत ज्ञापन गरे ।

पूर्वमन्त्री विष्टले गत चैत्र तेस्रो साता पनि स्थानीय तहहरुमा एक सय ८० सेट पिपिई, ८० थान सेनिटाइजर, १५ थान ठूलो सेनिटाइजर, थर्मलगन र माक्स लगायतका आवश्यक स्वास्थ्य सामग्री पठाएको नेकपाका नेता गणेश श्रीपालीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च