पाल्पा ।
पाल्पामा बुधवार एकै दिन १२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । प्रदेश जनस्वाथ्य प्रयोगशाला भैरहवामा स्वाव परीक्षण गर्दा माथागढी गाउँपालिकाको बहादुरपुर क्वारेन्टाइनमा रहेका १२ जनामा बुधबार संक्रमण पुष्ठि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए ।
संक्रमित मध्ये ११ जना पुरुष र १ जना महिला रहेका छन् । केहि दिन पहिले सोही क्वारेनटाइनमा रहेका १९ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको थियो । उनको कन्ट्रयाक टेसिङ्गको आधारमा २२ जनाको स्वाव परीक्षण गरिएकोमा १२ जना सक्रमण पुष्टि भएको गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापा मगरले बताए ।
यससँगै पाल्पामा संक्रमितको संख्या २२ पुगेको छ । पाल्पामा यस अघि १० जनामा कोरोना सक्रमण भएकोमा १ जनाको मृत्यु भएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।