सुनौली नाकामा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

जेठ २९ , बुटवल ।
भातरबाट घर फर्कने क्रममा सुनौली नाकामा मृत्यु भएका नवलपरासी पश्चिम सुस्ताका ३५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतीय पक्षले दिएको जानकारी अनुसार उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको बेलहिया प्रहरी चौकीका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताए ।

भातरको मुम्बईबाट मजदुरी गरी फर्कने क्रममा बुधबार बिहान बेलहिया गेट पारीपट्टि सुनौली बजारमा उनको मृत्यु भएको थियो ।

उनी पाल्पाका तीन जना साथीसँग बुधबार बिहान ४ बजे बसमार्फत सुनौली नाका आइपुगेका थिए । सुनौली बजारमा बस्ने क्रममा बुधबार बिहान उनले अचानक वान्ता गरेका थिए । सोही क्रममा उनको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च