जेठ २९, दाङ ।
दाङमा प्रहरीले गाईको मासुसहित ६ जनालाई पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका ५ धर्नाको पिपलटाकुरा फुलबारी टोलका ६ जनालाई प्रहरीले मासुसहित समातेको हो।
गाईको बाच्छी काटेर बोरामा मासु ल्याएर घरतर्फ आउँदै गरेका ४३ वर्षीय निमबहादुर सार्की, ४२ वर्षीय धनबहादुर नेपाली, २८ वर्षीय सुनिल विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अन्य ३ जना भने १२, १४ र १७ वर्षका रहेका छन्।
गाई काटेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको दाङका प्रहरी प्रबक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए।
पक्राउ परेका व्यक्तिलाई गाईगोरु काट्न वा मार्न नपाइने २०७५ भाग २ परिच्छेद २७ को दफा २८९ अनुसार मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।