मृत्यु पछि अर्घाखाँचीका एक जनामा कोरोना संक्रमण पुष्टि

जेठ २९,अर्घाखाँची ।
अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. ४ क्वारेन्टिनमा १४ दिन बसेर उपचारको लागि बुटवल गएर फर्कँदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

मृत्यु भएपछि स्वाब संकलन गरी भैरहवामा परिक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बरालले ५७ बर्षिय मृतक पुरुषको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको बताए।

मालारानी गाउँपालिका वडा नम्वर ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा बसेका ५७ वर्षका एक पुरुषको उपचार गरी बुटवल बाट फर्कदै गर्दा बुधवार बाटोमै मृत्यु भएको थियो।

घाँटीको शल्यक्रियासमेत गरेका उनलाई स्वास प्रश्वासमा समस्या आएपछि उपचारको लागि मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको र त्यहाँ सामान्य उपचारपछि थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल रिफर गरिएको थियो।

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार पछि फर्कँदै गर्दा उनको गोरुसिंगे–सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको थियो। योसँगै अर्घाखाँचीमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ। यसअघि अर्घाखाँचीमा भारतबाट आउँदै गर्दा भूमिकास्थानका एक युवाको मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च