जेठ ३२, दाङ ।
दाङमा आइतबार एकैदिन ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पीसीआर परीक्षणमा आइतबार ५६ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
बङ्गलाचुली गाउँपालिका ६ को एउटै क्वरेण्टीनमा रहेका ४४ जना र अन्य तुलसीपुर उपमहानगरपालिका १ र घोराही उपमहानगरपालिकाका रहेका छन् ।
यसअघि दाङमा ९६ जनामा कोरोना पुष्टि भएको थियो । योसँगै दाङमा १५२ कोरोना पोजिटिभ पुगेका छन् ।