आइसोलेसनमा उपचाररत एक जनाको मृत्यु

जेठ ३२,बुटवल ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आइसोलेसनमा भर्ना भएका एक जनाको मृत्यु भएको छ। क्वारेन्टाइनमा रहँदा बिरामी भएका गुल्मीको धुर्कोट गाउँपालिकाका ४२ वर्षिय पुरुषको आइतबार दिउँसो ३ बजे मृत्यु भएको हो।

भारतबाट आई धुर्कोट गाउँपालिका वडा नं. ४ को क्वारेन्टाइनमा बसेका उनलाई तीन दिनदेखि ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारको लागि शनिबार बुटवल ल्याइएको थियो।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले मृतकलाई ज्वरोसँगै निमोनिया समेत देखिएकोले आइसोलेसनमा राखी उपचार भइरहँदा मृत्यु भएको जानकारी दिए।

डा. थापाले मृतकको आरडिटी परीक्षण गर्दा कोरोनाको (एन्टीबडी) देखिएको बताए। पिसिआर परीक्षणको लागि स्वाव पठाइएको तर रिपोर्ट अझै नआएको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च