एक हप्तादेखि कोरोना संक्रमित फरार, प्रशासनलाई नै जानकारी छैन

असार १, कपिलवस्तु ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको आइसोलेसनबाट एक जना कोरोना सङ्क्रमित फरार भएका छन्। आएशा गल्स कलेज झण्डीनगरमा रहेको आइसोलेसनमा २ दिन बसे पछि रातको समयमा उनी भागेका हुन। जेठ २३ गते कोरोना सङ्क्रमित भएको पुष्टि भएको थियो दुई दिन आइसोलेसनमा बसे पछि जेठ २५ गतेबाट फरार रहेको कृष्णनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिल विश्वकर्माले जानकारी दिए।
फरार हुने कोरोना सङ्क्रमित भारतीय नागरिक रहेको बताइएको छ। सीमावर्ती बजार वढनी आसपासमा बस्ने वर्ष २२ का सन्तोष केवट रहेका छन्। कृष्णनगरको क्वारेन्टाईनमा बस्दा उनले ठेगाना गलत लेखेका थिए। आइसोलेसन स्थल नेपाल भारत सीमा देखि आधा किलो मिटर टाढा रहेको छ।

सङ्क्रमित भागेको एक हप्ता बित्दा सम्म कृष्णनगर नगरपालिकाले सूचना लुकाएको छ। प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेललाई यस विषयमा सोधपुछ गर्दा थाहा नभएको र बुझेर बताउने जानकारी दिए। प्रजिअ मात्र नभएर कपिलवस्तु प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुखलाई समेत घटनाको विषयमा जानकारी छैन। भागेको विषयमा कृष्णनगर नगरपालिका र भारतीय सीमावर्ती बजारमा समेत थाहा पाएका छैनन्। स्रोत :थाहाखवर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च