काठमाडौँ ।
नेपालमा सोमबार थप ४ सय ५१ जना नयाँ कोराना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कारोना संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ। तीमध्ये ५३२४ पुरुष र ४३६ जना महिला छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार मात्रै ६७ जना कोरोनालाई जितेर घर फर्किएको बताए जसमध्ये ७ जना महिला र ६० जना पुरुष छन्।
गौतमका अनुसार मोरङका २२, पर्साका १०, रौतहटका १०२, तनहुँका ५, अछामका ३, कैलालीका ३, डोटीका ४, बाँकेका ५, बर्दियाका १६,प्युठानका ३, दैलेखका ९३, महोत्तरीका ३०, धनुषाका ४, नुवाकोटका ३, अर्घाखाँचीका ३, चितवनका १, गुल्मीका ९, रुपन्देहीका १२, सुनसरीका ३, झापाका १, सुर्खेतका १९,रोल्पाका ४, काठमाडौँका ४, दाङका ४३, धादिङका ९, ललितपुरका १, बाराका १, कपिलवस्तुका १, पाल्पाका १०, सर्लाहीका २३ र सिराहाका ४ जना संक्रमित थपिएका हुन्।
यस्तै हालसम्मा १ हजार ४१ जना निको भएर घर फर्किएका छन् जसमा ९ सय ३७ पुरुष रहेका छन् भने १०४ जना महिला रहेका छन्। यस्तै कोरोनाबाट ज्यान गुमाउनेमा १६ जना पुरुष, १ महिला, १ बालक र १ बालिका गरी १९ जना रहेका छन्।