असार २,काठमाडौं ।
गण्डकी प्रदेशमा थप १८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित संख्या २ सय २३ पुगेको छ ।
मंगलबार बिहान प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिका अनुसार कोरोना संक्रमितहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका थिए । स्वास्थ्य निर्देशनालयका अनुसार गोरखामा १०, स्याङ्जामा ४, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २, कास्की १ र बागलुङ १ सहित १८ जना फेला परेका हुन् ।
तीमध्ये गोरखा नगरपालिकाकी ३१ वर्षीया महिला छन् । अरु सबै १७ जना पुरुष छन् । गोरखामा भेटिएकामध्ये गोरखा नगरपालिकाका वर्ष २१, २५, २९, ३२, २६, ३५ र ५३ वर्ष उमेर समूहका छन् भने बारपाक सुलिकोट गाउँपालिकाका वर्ष २५ र ५३ का पुरुष छन् ।
स्याङ्जा चापाकोट नगरपालिकाका वर्ष १८ का २ जनासहित वर्ष ३५ र ३९ जना पुरुष छन् । नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को विनयत्रिवेणी गाउँपालिकाका वर्ष १८, कास्कीको पोखरा महानगरपालिकाका वर्ष २१ र बागलुङको ताराखोला गाउँपालिकाका वर्ष ३४ का पुरुषमा संक्रमण भेटिएको हो ।
संक्रमित सबैजनालाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।