असार ४ ,गुल्मी ।
गुल्मीमा बिहीबार मात्रै थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणबाट चन्द्रकोट गाउँपालिकामा १७ जना, छत्रकोट गाउँपालिकामा २४ जना, गुल्मी दरवार गाउँपालिकामा दुई जना,रेसुङ्गा नगरपालिकामा एकजना, सत्यवती गाउँपालिकामा एकजना, र रुरुक्षेत्र गाउँपालिकामा एकजना गरी ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये चन्द्रकोट गाउँपालिकाको वडानम्बर १ का २५, २२, २० वर्षका तीनजना पुरुष, वडानम्बर २ का २८, ३७, ४१, २९, १९, ३६, ५०, ३७, ५० वर्षीय पुरुष र ६ वर्षकी बालिका रहेका छन् । वडानम्बर ७ का २८, ३५ र ३० वर्षका पुरुष रहेको चन्द्रकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण भण्डारीले बताए ।
छत्रकोट गाउँपालिकामा वडानम्बर १ का ५५ वर्षीया महिला र ४४ वर्षीय पुरुष, वडानम्बर २ का ३३ र २२ वर्षका पुरुष, वडानम्बर ४ का ५१ वर्षका दुईजना पुरुष, वडानम्बर ५ का १६, २८, ४०, ४५, ५, ११ र १४ वर्षीया महिला, २८, २८, १९, ३०, ५४, ३९,१३, २१ र २३ वर्षका पुरुष, वडानम्बर ६ का ३० र ३२ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छत्रकोट गाउँपालिकाका स्वास्थ्य संयोजक पुण्य पौडेलले बताए ।
यस्तै गुल्मीदरबार गाउँपालिकाका २ जना, रुरुक्षेत्र गाउँपालिकाका एकजना ,रेसुङ्गा नगरपालिकाका १४ का ३२ वर्षका पुरुष ,र सत्यवती गाउँपालिकाका एकजनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
थपिएका सँगै गुल्मीमा संक्रमितको संख्या १०५ पुगेको छ । संक्रमितमध्ये तीनजना उपचारपछि घर फर्किएका छन् । २ जनाको मृत्यु भइसकेको छ ।
पीसीआर परीक्षणको लागि जिल्ला बाट ९७६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ५४८ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।