बाग्लुङमा १४ सहित गण्डकी प्रदेशमा २४ संक्रमित थपिए

पोखरा ।
गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २ जना, बाग्लुङमा १४ जना, कास्कीमा ६ र स्याङ्जामा २ जना गरी थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थप नयाँ २४ जना संक्रमितहरु सबै भारतबाट फर्किएका गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार बागलुङमा गलकोट नगरपालिकामा ३५, ३८, ३०, २२, १९ र ४५ वर्षीय ६ पुरुष । त्यसैगरी ४२ र २० वर्षीय दुई महिलामा कोरोना पुष्टि भएको छ । बागलुङकै काठेखोला गाउँपालिकामा २४, २९, २२, २०, २३ र २९ वर्षीय ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ३ पुरुष र २ महिलासहित पोखरामा ५ नयाँ संक्रमित थपिएका हुन् । जसमध्ये पोखरा महानगरका ४१ र १९ वर्षका दुई पुरुष, ३० र ५६ वर्षीया दुई महिलामा कोरोना पुष्टि भएको हो । यस्तै कास्कीकै रुपा गाउँपालिकाका ४५ वर्षीय एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

नवलपुर विनयी त्रिवणी गाउँपालिकाका २८ र २० वर्षीय दुई पुरुष, स्याङ्जाको पालिका नखुलेको ६३ वर्षीय एक पुरुष, त्यसैगरि कालिगण्डकी गाउँपालिकाका ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । यो सँगै प्रदेशमा कुल संक्रमित संख्या ३ सय ४८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च