गुल्मीमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि

असार ५,गुल्मी ।
गुल्मीमा शुक्रबार थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा ४८ जनामा कोरोना संक्रमण पुिष्ट भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आर्चायले जानकारी दिए।

योसँगै जिल्लामा संक्रमितको संख्या १५३ पुगेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ। शुक्रबार संकमण पुष्टि हुनेमा धुर्कोट गाउँपालिकाका २० जना, गुल्मीदरबार गाउँपालिकाका १४ जना, इश्मा गाउँपालिकाका १२ जना र मालिका गाउँपालिकाका २ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।

थपिएका संक्रमितहरु १६ बर्षदेखि ५९ वर्षसम्मका रहेका छन्। संक्रमण देखिएका सबै भारतबाट आएका हुन्। जिल्लामा कोरोना संक्रमणका कारण अहिले सम्म २ जनाको निधन भएको छ भने ४ जना उपचार पछि निको भै सकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च