छोरालाई जिउँदै गाडेको आरोपमा बाबु पक्राउ

बुटवल ।
बुटवलमा आफ्नै बिरामी छोरालाई जिउँदै गाडेको आरोपमा प्रहरीले बाबुलाई नियन्त्रणमा लिएको छ।

बिरामी रहेका ८ वर्षका छोरा राजेशलाई उपचार गर्न लैजानुको सट्टा गाडेको आरोप स्थानीयले लगाएपछि बुटवल उपमहानगरपालिका वडा ११ प्रगतिनगरका ३६ वर्षीय राजु परियारलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो। उनले तिलोत्तमा ४ को जंगलमा बोरामा लगेर छोरालाई गाडेका थिए।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतितसिंह राठौरका अनुसार स्थानीयले छोरालाई उपचार गर्न लैजानुको सट्टा बोरामा हालेर जंगलमा गाडेको सूचनाका आधारमा पुगेको प्रहरीले गाडेको अवस्थामा ८ वर्षीय बालकको शव निकालेको थियो।

स्थानीयले जिउँदै गाडेको आरोप लगाएपनि बाबु राजु परियारले भने आरोपको खण्डन गरेको राठौरले बताए। स्थानीयले बच्चाको मृत्यु भएपछि स्थानीयलाई पनि खबर नगरेको र घटना लुकाउन खोजेकाले हत्या नै भएको दाबी गरेको डीएसपी राठौरले बताए। घटना बारे अनुसन्धान भै रहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च