असार ८, काठमाडौं ।
गण्डकी प्रदेशका दुई जिल्लामा थप सोमबार २० जनामा कोरोना संक्रमण देखिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार विहान विज्ञप्ती निकालेर स्याङ्जाका १२ जना र नवलपरासी पूर्वका ८ जना थपिएको जनाएको छ।
स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परिक्षणमा २० नयाँ केस भेटिएको हो । आज भेटिएको केसमध्ये स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा ८ जना रहेका छन् । गाउँपालिकाका ८ संक्रमितमध्ये २ जना महिला हुन् ।
स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार गाउँपालिकाका ६ वर्षिय बालिका र ५० वर्षिया महिलामा कोरोना पुष्टि भएको हो ।
यस्तै, ७ वर्षिया ३ बालकसहित ३०, ३१, १६, ३८ र ३० वर्ष उमेरका पुरुषमा कोरोना पुष्टि भएको हो । स्याङ्जाकै कालीगण्डकी गाउँपालिकाका १४ र ४८ वर्षिय दुई पुरुषमा कोरोना पुष्टि भएको हो ।
नवलपुरमा बौदीगाउँपालिकाका ८ संक्रमितमध्ये २१, ५०, २०, २९, १८, ४२, २१ र १९ वर्ष उमेर समुहका रहेका छन् । यो सँगै गण्डकीमा कुल संक्रमित संख्या ५४० पुगेको छ ।
यो संगै प्रदेशमा संक्रमितको संख्या ५४० पुगेको मन्त्रालयले जनाएको छ।