पाल्पामा थप ९३ जनामा कोरोना संक्रमण पुष्टि

असार ११, बुटवल ।
पाल्पामा बिहिवार थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर स्थित कोभिड प्रयोगशालामा गरिएको परिक्षणमा पाल्पाका विभिन्न स्थानका ९३ जनामा कोरोना संक्रमण देखिएको हो ।
भरतपुर अस्पतालले बिहीवार बिहान दिएको जानकारी अनुसार पाल्पाका २३४ नमुना मध्य बुधबार गरिएको परीक्षणमा ठूलो संख्यामा पोजेटिभ देखिएको हो। बिहिवार थपिएकासंगै पाल्पामा कोरोना संक्रमितको सङख्या ३४१ पुगेको छ । यस अघि बुधवार पाल्पामा १४ जनामा संक्रमण भेटिएको थियो ।

संक्रमित मध्ये पूर्वखोलाका एक जनाको उपचारको क्रममा मत्यु भएको थियो भने ७ जना निको भई घर फर्कि सकेका छन् । जिल्लामा संक्रमितको संख्या दिनहुँ बढ्दै् गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च