अमेरिकामा कम्तीमा दुई करोडमा कोरोना भइसकेको अनुमान

काठमाडौं ।
स्वास्थ्य अधिकारीहरूले अमेरिकामा कम्तीमा दुई करोड मानिसमा कोरोना भाइरस संक्रमण भइसकेको हुनसक्ने अनुमान गरेका छन् ।

सेन्टर्स फर डिजिजेज् कन्ट्रोल (सीडीसी)ले संक्रमितको वास्तविक संख्या अहिले पुष्टि भएका संक्रमणभन्दा १० गुणा बढी हुनसक्ने जनाएको छ ।

संक्रमित र अस्पताल भर्ना हुनेहरूको संख्या बढेपछि टेक्सस राज्यले पूर्ण रूपमा खुला गर्ने आफ्नो योजनालाई स्थगित गरेकै बेला यस्तो कुरा बाहिर आएको हो ।

अमेरिकामा संसारकै सबैभन्दा बढी २४ लाख जनामा संक्रमण देखिएको छ । त्यहाँ हालसम्म एक लाख २२ हजार ३ सय ७० जनाको ज्यान गइसकेको छ ।एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च