पाल्पा, असार १२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरि थप १० स्थानमा पिसिआर मेशिन राख्ने निर्णय गरेको छ । नेपालमा कोरोना संक्रमितको सङ्ख्या बढ्दै जादाँ पाल्पा अस्पतालमा पनि पिसिआर मेशिन आउने भएको छ । सरकारले कोरोना संक्रमण परीक्षणका लागि नेपालभर थप १० वटा प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरि थप १० स्थानमा पिसिआर मेशिन राख्ने निर्णय गरेको छ ।
असार १० गते बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसहितको बैठकले सरकारी स्तरमा सञ्चालनमा रहेका थप १० वटा ल्याबमार्फत कोरोना परीक्षण गर्ने निर्णय गरेको हो ।
थप भएका १० वटा प्रयोगशालाहरु झापाको मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पतालमा पनि प्रयोगशाला सञ्चालन हुनेछ ।
यसअघि नेपालभर सरकारी २३ वटा प्रयोगशालामा कोरोना परीक्षण भइरहेकामा अब ३३ वटा प्रयोगशालाबाट कोरोनोको पिसिआर विधिमार्फत परिक्षण हुनेछ । स्वास्थ्य मन्त्रलायले दिएको पछिल्लो जानकारी अनुसार नेपालमा पीसीआर विधिबाट हालसम्म २ लाख ६ हजार २ सय ७१ जनाको कोरोना संक्रमण परीक्षण भएको छ ।