बुटवल ।
भैरहवाको एक अस्पतालमा कार्यरत नर्समा कोरोना भाइरस संक्रमण देखिएको छ।
युनिभर्सल कलेज अफ मेडिकल साइसेन्सेज (युसिएमएस)को आइसोलेसनमा कार्यरत नर्समा कोरोना संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ । गुल्मीका एक जना कोरोना भाईरस संक्रमित व्यक्तिको उपचारका क्रममा उनलाई संक्रमण भएको हुन सक्ने अस्पतालको आशंका रहेको छ ।
ज्वरो आएका गुल्मीका पुरुषको उपचारका क्रममा कोरोनाको लक्षण देखिएकाले स्वाब परिक्षण गरिएकोमा पुरुषमा कोरोना पोजेटिभ भएको पुष्टी भएको थियो । कोरोना पोजेटिभ देखिएका गुल्मीका पुरुष कोरोना अस्पताल बुटवल धागो कारखानामा पठाइएको युसिएमएसका जनसम्पर्क अधिकारी सुशिल गुरुङले जानकारी दिए।
संक्रमित बिरामीको सम्पर्कमा आएका अस्पतालका ७ जनाको स्वाब संकलन गरिएकोमा एक जना नर्समा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। कोरोना संक्रमण देखिएकी नर्सको स्वास्थ्य अवस्था सामान्य रहेको छ।